चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन-२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जितबाट डराउनुनपर्ने बताएका छन् । उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन नारायणी नदी जस्तो भएको बताए ।
चितवनको कालिकामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेको पार्टीको पछिल्लो प्रभावप्रति संकेत गर्दै भने, ‘खहरे कहिलेकाहीँ उर्लिएर आउँछ, त्यसको केही समय पछि सुक्छ, खहरेसँग डराउनुपर्ने कुनै कारण छैन, आँधीहुरीसँग डराउनुपर्ने छैन, आवश्यकता पनि छैन ।’ उनले चितवन २ का मतदाताले ४ मंसिरको चुनावमा गल्ती गरेको भन्दै अहिले सच्याउनुपर्ने धारणा राखे
प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार चलाउँदा आफूलाई गाह्रो भएको बताउँदै कांग्रेससँग गठबन्धन बनेपछि ढुक्क भएको पनि बताए । ‘हामी एउटा गठवन्धनबाट चुनाव जित्यौं, प्रधानमन्त्री हुँदा कता कता पुगियो पुगियो, म प्रधानमन्त्री भए पनि खुसी हुन सकिनँ, शेरबहादुरजी पनि मलाई प्रधानमन्त्री बनाउन नपाएकोमा दुःखी हुनुभयो, अन्ततः हामी लभ परेकाहरु एक ठाँउमा भयौं’ उनले भने ।
प्रधानमन्त्री भएकै बेला चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र, काठमाडौंबाट चितवन डेढ घण्टामा आउन सक्ने गरी सडक पूर्वाधार बनाउने काम सुरु गर्ने उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ बैशाख २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
शैक्षिक कार्यतालिका प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड