काठमाडौं । ग्रीक टेनिस खेलाडी स्टेफानोस सिसिपास वर्षमो पहिलो ग्राण्ड्स्लाम अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । आज शुक्रबार भएको पहिलो सेमिफाइनलमा तेस्रो वरीयताका सिसिपासले रुसका करेन खाचानोभलाई ७-६ (७-२), ६-४, ६- ७ (६-८), ६-४ को सेटमा पराजित गरेका हुन् ।
२४ वर्षिय सिसिपास पहिलो पटक अष्ट्रेलियन ओपनको फाइनल पुगेका हुन् । उनले अब उपाधिका लागि नोभाक जोकोभिच र टोमी पउलबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछन् ।
सिसिपासले दोस्रो पटक ग्राण्ड्सलाम फाइनल खेल्ने भएका हुन् । सिसिपास यसअघि २०२१ मा फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए । त्यसबेला उनी जोकोभिचसँगै पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, १४ : २२
लेखकबाट थप