राष्ट्रियसभामा विनियोजन छलफल जारी

शुक्रबार, २२ असार २०७५, १३ : ०७
राष्ट्रियसभामा विनियोजन छलफल जारी

काठमाडौँ  ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ । 

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । 

प्रमुख प्रतिपक्षी दलका सांसद रमेशजंग रायमाझीले विनियोजन विधेयक, २०७५ अन्तर्गत भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकम घटाइ रु एक गरियोस् भनी खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो । 

सांसद रायमाझीले मुलुकलाई आर्थिक समृद्धिमा लैजाने हो भने साना सडक भन्दा ठूला सडकका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा बजेटमा त्यस्तो नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “महानगरपालिकाका लागि विनियोजित रकम अपुग भएको र सेनामा पनि फाष्ट ट्र्याकको नाममा आफ्ना मान्छेलाई मात्र बढुवा दिने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न आवश्यक छ ।” (रासस) 

प्रतिक्रिया दिनुहोस