काठमाडौं । नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् । ४४ राष्ट्रका मतदाता मध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जनाएका छन् ।
यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी थिए ।
अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाइ दिदै एसियाली भारोत्तोलन संघमा नेपालको उपस्थितिले सिंगो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, २२ : ५७
लेखकबाट थप