काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि जर्मनीको राष्ट्रिय फुटबल टिमका निर्देशक तथा एकेडेमीका निर्देश ओलिभर बिएरहोफले राजीनामा दिएका छन् ।
जर्मनी चाँडै विश्वकपबाट बाहिरिएपछि टिम छाड्ने बिएरहोफ पहिलो व्यक्ति हुन् । जर्मन फुटबल संघले सोमबार बिएरहोफले आफ्नो सम्झौता अन्त्य गर्न सहमति गरेको पुष्टी गरेको छ ।
उनको सम्झौता २०२४ को युरोसम्म रहे पनि विश्वकपमा खराब प्रदर्शनपछि सम्झौता चाँडै टुङ्गिएको हो ।जर्मनीले आगामी युरोकप आयोजना गर्दैछ ।विश्वकपमा लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएपछि टिमको निर्देशकमा धेरैको चासो छ । गत वर्षको युरोमा पनि जर्मनी दोस्रो चरणबाट बाहिरिएको थियो ।
सन् २००४ मा पुरुष टिमको म्यानेजर बनेपछि बिएरहोफ १८ वर्षदेखि जर्मन पुटबल संघको व्यस्थानको भूमिकामा थिए । उनले सन् २०१८ मा सबै राष्ट्रिय टिम र एकेडेमीको भूमिका लिएका थिए ।
जर्मन फुटबल संघले बिएरहोफले उत्कृष्ट काम गरेको र २०१४ को विश्वकपमा सफलता हात पार्दा उनको भूमिका राम्रो रहेको जनाएको छ । बिएरहोफले खेलाडीको रुपमान जर्मनीका लागि ७० खेल खेल्दै ३७ गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० मंसिर २०७९, १२ : ५९
लेखकबाट थप