क्लिनिक वानद्धारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर

सफल खबर संवाददाता

मंगलबार, २८ भदौ २०७९, १२ : ३९
क्लिनिक वानद्धारा जोरपाटी भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक १० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको सम्पन भएको छ । निःशुल्क स्वास्थ्य शिविरमा व्लड प्रेसर तथा व्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोग सम्बन्धि सेवा उपलव्ध थियो । यस निःशुल्क स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काका साथै क्लिनिक वानका नर्स तथा अन्य स्ंवयमसेवकहरुले सेवा दिएका थिए । 

निःशुल्क स्वास्थ्य शिविरमा जोरपाटी सूर्यविनायक बस्ने ८० भन्दा बढी स्थानीय बासिन्दाहरुले सेवा लिएका थिए । शिविरमा सेवा दिएका कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा. रुपक खड्काले बताए । शिविरमा आएका व्यक्तिहरुमा कानको जालीको समस्या देखिएको थियो । त्यस्तै शिविरमा सेवा लिन आएका अधिकंश महिलाहरुमा योनीको संक्रमण देखिएको स्त्री रोग विशेषज्ञ डा. त्रिपाठीले बताइन् । योनीको संक्रमणको समयमा उपचार नगरे महिलाहरुमा यु. टि. आईको समस्या बढेर जाने उनले बताइन् ।

आफ्नो समुदायमा क्लिनिक वान भक्तपुरको सहयोगमा स्वास्थ्य शिविरको आयोजना गर्न पाएकोमा चित्तपोल युवा समूहका सदस्य विक्रम थापाले खुशी व्यक्त गरे । “आगामी दिनमा पनि यस्तै स्वास्थ्य शिविरको हामी आयोजना गर्नेछौँ”, उनले प्रतिवद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस