काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको प्रकोपलाई व्यवस्थापन र नियन्त्रण गर्न सबैलाई प्रतिकार्य योजना बनाइ जोमिख कम गर्न कर्मचारीलाई अनुरोध गरेको छ ।
प्रतिकार्यको योजना बनाइ विभिन्न गतिविधि सञ्चालन गरी न्यूनीकरणका लागि प्रदेश, जिल्ला, स्थानीय तहसँगको समन्व्यमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ अनियानलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले अनुरोध गरेको छ।
प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्न हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरुसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ भदौ २०७९, १४ : १३
लेखकबाट थप