काठमाडौं । शुरूमा तपाईंलाई यो लाइगर भनेको के हो भन्ने लाग्याहोला । सिंह (लायन) र बघिनी (टाइगर) को सम्पर्क भएपछि जन्मिने प्राणीलाई लाइगर भनिन्छ । बुझ्नुभयो त ? नबुझिए भैगो । खैर फिल्मतिर फर्कौं । दक्षिण भारतीय सुपरस्टार विजय देवरकोन्डाको यो फिल्मको निर्देशन पुरी जगन्नाथले गरेका हुन् । एकजना किकबक्सर छन् (विजय) । बक्सर कट्टु लगाएका र मांसल छाती भएका उनका केही कुराहरू विशिष्ट छन् । जस्तो, उनकी आमा (रम्या कृष्णन अझैसम्म पनि बाहुबलीको ह्याङमा चिच्याउँछिन्) । अनि उनमा अड्किएर बोल्ने समस्या छ ।
आमा मदर इन्डिया पाराकी छन्, आगो ओकल्ने । लाइगरलाई बोल्न समस्या भए पनि किकबक्सिङको क्षेत्रमा उनले अनेकौं उपाधि जितिसकेका छन् । उनी मुक्का हान्छन्, लात पनि बजाउँछन्, विपक्षीलाई छल्छन् र आक्रमण गर्छन् । एउटा ठूलै खेलको उनी तयारी गरिरहेका छन् । त्यसले उनी र उनका गुरु (रोनित रोय) लाई विश्व मञ्चमा भारतको शान बढाउन मद्दत गर्नेछ ।
लु, कथा मोटामोटी यत्ति नै हो । यसलाई चिरफार गरी हेर्ने हो भने यसमा जमानादेखि चलिआएको आफ्नो छोरोलाई माया गर्ने कडा आमा अनि छाती पिटेर खेलमार्फत देशभक्तिको गाथा गाउने विषय भेटिन्छ । यिनै बासी विषयहरू समातेर फिल्मले हेर्नै अप्ठ्यारो लाग्नै कैयौं दृश्य बुनेको छ ।
फिल्मका सबै पात्रले अड्किएर बोल्ने प्रमुख पात्रको मजाक उडाउँछन् । अनि ती पात्रकी प्रेमिका (अनन्या पाण्डे) हालैको समयमा हिन्दी सिनेमामा देखिएकीमध्ये सबभन्दा खोक्रो महिला पात्र हुन् । अनि मुख्य पात्रकी आमा छोरोभन्दा बढी चिच्याउँछिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० भदौ २०७९, ११ : ३०
लेखकबाट थप