एचआइभी सङ्क्रमतिलाई रामपुर अस्पतालले औषधि उपलब्ध

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १४ : ११
एचआइभी सङ्क्रमतिलाई रामपुर अस्पतालले औषधि उपलब्ध

काठमाडौं । एचआइभी सङ्क्रमतिलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो ।     

हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श  र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट मात्रै नियमित औषधि उपलब्ध हुँदै आएको थियो । बिरामीलाई सहज सेवा दिने उद्देश्यले २०७८ फागुनदेखि उक्त अस्पतालले सङ्क्रमितलाई औषधि  वितरण पनि सुरु गरेको हो । अहिले अस्पताललाई कार्यक्षेत्र बनाएर करिब एक सय २० सङ्क्रमित सम्पर्कमा आएको अस्पताल प्रमुख नेत्रनारायण पोखरेलले बताए ।  ।

पछिल्लो समय नियमित औषधि सेवन, स्वास्थ्यकर्मीको सम्पर्कमा रही परामर्श सेवा लिने बिस्तारै बढ्दैछन् । नियमित औषधि सेवन गरी निर्धक्कसाथ आत्मबल बलियो बनाएर अन्य व्यक्ति सरह नै जीवन जिउन सकिने हुँदा केही व्यक्ति समाजमा  खुलेरै हिँड्ने पनि गरेको पाइन्छ । समाज र आफन्तको डर, लाजका कारण अन्य सङ्क्रमित अझै पनि खुल्न सकिरहेका छैनन् । गाउँमा औषधि सेवा वितरण भइरहे पनि अझै पनि यहाँका केही बिरामी भने डर र लाजका कारण अन्यत्र नै सेवा लिन जाने गरेको पाइएको छ । 

प्रतिक्रिया दिनुहोस