कसैलाई अहम्ता देखाउन एकता गरेका होइनौँ, देश बनाउन हो : प्रधानमन्त्री ओली

विहीबार, ०३ जेठ २०७५, १९ : ४४
कसैलाई अहम्ता देखाउन एकता गरेका होइनौँ, देश बनाउन हो : प्रधानमन्त्री ओली

काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई अहम्ता देखाउन एकता नगरेको बताएका छन् । पार्टी एकता घोषणासभालाई बिहीवार साँझ राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै ओलीले आँफुहरु देश बनाउन लागी एकजुट भएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दसागरमा कोशीको पानी खोजेर नपाइने बताएका छन् । ‘हामी मिसिएका होइनौं, अन्तरघुलित भएका हौं । अब एमाले पार्टी छैन, माओवादी पार्टी पनि छैन । नयाँ पार्टीमा एमाले र माओवादी खोजेर पाइँदैन ।’ ‘हिन्द महासागरमा कोशीको पानी खोजेर पाइन्छ ?’ प्रधानमन्त्री ओलीले भने, ‘हिन्द महासागरमा कोशीको पानी खोई भनेर हुन्छ ? सेतीको पानी खोजेर भेटिन्छ ? बागमति कता छ भनेर हुन्छ ? अब एमाले माओवादी खोजेर अब पाइदैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो जीवनमा आजको दिन सबैभन्दा महत्वपूर्ण र खुसीको दिन भएको बताए । ‘म असाध्यै खुसी छ । प्रचण्डजीको त गला नै अवरुद्ध भयो । यहाँ पुष्पलाल श्रेष्ठ भएको भए खुसीले नाच्नुहुन्थ्यो ।’

ओलीले  नेपाल कम्युनिष्ट पार्टी ‘जेट प्लेन’ जस्तो भएको बताए । उनले जेट प्लेन चलाउन दुई जना पाइलट चाहिने पनि बताए ।  ‘कतिलाई किन दुई जना अध्यक्ष चाहियो  भन्ने लाग्ला ।  टेप्पो चलाएकाे हाेर ?  जेटमा प्लेनमा दुई जना पाइलट नै हुन्छन्’ ओलीले भने ।
उनले  आवश्यकताले दुई अध्यक्षको व्यवस्था गरिएको बताउँदै भने, ‘हामीले महाअभियान चलाएका छौं । त्यसका लागि हामीले सल्लाह र विचार विमर्श गरीकन अगाडि बढाउने अठोट र संकल्प गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस