आजको दिनलाई व्याख्या गर्ने शब्द भेट्न सकिन् : प्रचण्ड

विहीबार, ०३ जेठ २०७५, १९ : ०५
आजको दिनलाई व्याख्या गर्ने शब्द भेट्न सकिन् : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टी एकताको दिन युगान्तकारी दिन भएको र यसको व्याख्या गर्ने शब्द आफूले नभेटेको बताएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले आफूहरुको उद्देश्य जनतालाई खुसी र राष्ट्रलाई सुदृद्ध बनाउने रहेको भन्दै  भविष्यमा सामाजिक न्यायसहितको आर्थिक समद्धिद्वारा देशलाई समाजवादतर्फ लैजाने भएको पनि बताए ।  
उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको बताए। ‘देशले योभन्दा धेरै राजनीतिक अस्थिरता सहन सक्दैन, राष्ट्र र जनताको पक्षमा हामीले नयाँ इतिहास बनाएका छौं,’ उनले भने।
उनले आम जनभावनाअनुसार  एमाले र माओवादी एकजुट भएको पनि बताए ।  जननेता मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको  स्मरण गर्दै उनकै स्मृति दिवसका दिन एकता घोषणा गरिएको पनि उनको भनाई थियो ।
उनले आफूहरु पञ्चायतका विरुद्ध बीसौं वर्ष लडेको स्मरण गर्दै जनयुद्धमा पनि परिवर्तनका लागि मर्न पाइन भनेर झगडा हुने गरेको स्मरण गरे । “म मर्न पाइन भनेर झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ र म मन्त्री हुनैपर्यो, प्रधानमन्त्री हुनैपर्यो भन्ने प्रतिष्पर्धा भयो ।”

प्रतिक्रिया दिनुहोस