बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद खारेज गर्ने निर्णय

विहीबार, ०३ जेठ २०७५, १८ : ४३
बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद खारेज गर्ने निर्णय

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीले एमालेले अबलम्वन गर्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले मान्दै आएको २१ औं शताब्दीको जनवादलाई खारेज गरेको छ ।

पार्टी एकताको ६ बुँदे घोषणापत्र पढ्दै गर्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने बताए । पार्टी एकताका निम्ति गरिएको साझा सहमतिमा बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद खारेज गरिएको हो । अब पार्टीको कार्यदिशा समाजवादउन्मूख जनताको जनवाद हुनेछ । उक्त कार्यदिशामा लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, असंलग्न परराष्ट्र नीति, मानव अधिकार लगायतका मूख्य मान्यतालाई सम्मान गरिनेछ ।

अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौं शताव्दीको जनवादबाटै लिइएका छन् । नाममा विवाद हुनेभएपछि बहुदलीय भन्ने शब्द हटाएर जनताको जनवाद भनिएको हो ।

प्रतिक्रिया दिनुहोस