सभामुख र प्रमुख सचेतकबीचको वार्ता निष्कर्षविहीन

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, १५ : ४६
सभामुख र प्रमुख सचेतकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेकहरुसँग छलफल गरेका छन् । काँग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरूलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति नजनाएको बताइएको छ । 

नेताहरू उठेर आआफ्ना शीर्ष नेताहरूसँग छलफल गर्न गएका छन् । यसपछि पुनः बैठक बस्ने र त्यसपछि कार्यव्यवस्था बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने काँग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।