काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको संसद् बैठकमा रवि लामिछानेलाई बोल्न दिएर बाँकी कामकारबाहीमा अवरोध गर्नुपर्ने प्रस्ताव गरेका छन् । नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा थापाले यस्तो प्रस्ताव गरेका हुन् ।
‘रवि लामिछानेका बारेमा हामीले उठाएको मुद्दा ठीक छ । घटनाक्रमहरुले पनि त्यसलाई पुष्टि गरेका छन्’, थापाले बैठकमा भने, ‘रविजीलाई आज बोल्न दिनुपर्छ तर उहाँले बोलिसकेपछि संसद्का अरु कुनै पनि गतिविधि अघि बढ्न नदिने हाम्रो नीति हुनुपर्छ ।’
बैठकमा केही सांसदहरुले रविलाई संसद्मा बोल्नै दिन नहुने धारणा राखेका थिए । ‘संसद्मा रविलाई बोल्न नदिँदा कांग्रेसले बोल्नै दिएन भनेर जनमानसमा गलत सन्देश जान्छ। त्यसैले बोल्न दिने तर संसदीय समिति नबनेसम्म संसद्को अरु कामकारबाही अघि बढ्न नदिने नीति उपयुक्त हुन्छ’, थापाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला र गगन थापाबीच भेट
संसदीय छानबिन समिति नबने संसद् अघि बढ्दैन : गगन थापा
राजनीतिक कार्यकर्ताहरूले समाज विकासको गति बढाउन आवश्यक : गगन थापा
लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो : गगन थापा
काँग्रेसलाई समुदायमा फर्काएका छौँ, अब हिँड्ने हो : गगन थापा
इलाम–२ को चुनावी सभालाई महामन्त्रीद्वयले सम्बोधन गर्ने