राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरीखाँदैन : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ११ : ४८
राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरीखाँदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राजनीतिमा संकट देख्नेवित्तिकै विचलित हुने व्यक्तिले केही गरी नखाने टिप्पणी गरेका छन्।स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै निराश हुने सच्चा कम्युनिष्टहरुको नियतिमै नभएको बताए।

उनले भने, राजनीतिक जीवनमा धेरै कुरा जोडिएका हुन्छन्, त्यसलाई सहज रूपमा लिन सक्यौँ भने सामना गर्ने आँट बढ्छ, यसलाई हामीले पचाउन सकेनौँ भने त्यसैबाट चिन्तित भएर निराश हुन पुग्छौँ। निराश हुनु हाम्रो नियतिमा छैन। चुनौती र अप्ठ्यारा देख्ने बित्तिकै विचलित हुने व्यक्तिले केही गरिखाँदैन। जसले जुनसुकै समस्याको सामना गर्न सकिन्छ त्यसैले दुनियाँ बदल्न सक्छ।

संसार बदल्ने संकल्प बोकेका कम्युनिष्टहरु नयाँ संसार निर्माण गर्ने चाहनाले ओतप्रोत भएका विचलित हुने छुट नभएको बताए।