लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ०७ : ५५
लोकसेवा आयोग लुम्बिनी प्रदेशले माग्यो कर्मचारी

बुटवल । लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्थानीय तह अन्तरगतका सहायक चौथो तह अप्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । 

आयोगले शुक्रबार एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

कुल ५० जना कर्मचारी माग भएकामा इच्छुक उम्मेदवारले जेठ १७ गतेभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस