गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

सफल खबर संवाददाता

शुक्रबार, २८ बैशाख २०८१, ०७ : ५१
गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

इलाम । इलाममा गोरु बोकेको गाडी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्। 

इलाम नगरपालिका– ५ को भित्री सडकमा गएराति करिब दुई बजे चार वटा गोरु बोकेको प्र १–०३–००१ च ००६९ नम्बरको पिकप गाडी सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

दुर्घटनामा इलाम-५ का २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको हो। गाडि सडकबाट करिब ६० मिटर तल खसेको छ। 

दुर्घटनामा गाडी चालक इलाम-४ का २० वर्षीय अभिषेक तिवारी पनि घाइते भएका छन्।