विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १६ : ५४
विदेश पठाउँछु भनेर ठगेको आरोपमा युवक पक्राउ

काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–२ घर भएर टोखा बस्ने ३१ वर्षीय असिम नगरकोटी छन् ।

आकर्षक तलब पाइने लोभ देखाएर उनले बेरोजगार युवायुवतीहरुलाई विदेश पठाउने नाममा ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले  बताए ।  उनलाई ठमेलबाट पक्राउ गरेर प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ ।