बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, १२ : ११
बागमती प्रदेश सभाको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट निर्माणको तयारीमा छ । त्यसैले १२ वैशाखमा हिउँदे अधिवेशन अन्त्य गरेर ३१ वैशाखबाट प्रि-बजेट छलफल सुरु गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस