काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ ।कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो ।
तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ ।
संसदीय दल कार्यसमितिको बैठक अब शुक्रबार ८ बजे र दलको बैठक साढे ८ बजे ल्होत्से हलमै बस्ने कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ बैशाख २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित
ओलीको धम्कीले काँग्रेस डराउँदैन : डा. शेखर कोइराला
सहकारीको रकम हिनामिनामा रवि संलग्न छन्, छानबिन समिति गठन गर्नैपर्छ: कांग्रेस
सहकारी प्रकरणसँगै कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय उठाउने