आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ०८ : ००
आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ३० पैसा र बिक्री दर १४३ रुपैयाँ ९५ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५६ पैसा र बिक्री दर १६७ रुपैयाँ ३१ पैसा रहेको छ । 

यस्तै कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा कायम भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस