आइपिएल : लखनउमाथि सनराइजर्सको १० विकेटको जित

सफल खबर संवाददाता

विहीबार, २७ बैशाख २०८१, ०७ : २८
आइपिएल : लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो । 

लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । 

सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आइपिएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडी नै बनाएको सबैभन्दा बढी रन हो । 

यसअघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

यो जितपछि सनराइजर्स हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने १२ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस