मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, १५ : ४८
मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका उनी अस्वस्थ भएपछि मंगलबार दिउँसो सेनाको हेलिकप्टरमा काठमाडौँ ल्याइएको हो ।

जम्कट्टेललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जम्कट्टेलमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस