अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, १९ : २२
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ

काठमाडौँ। रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ । १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस