गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, १९ : १८
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार दिउँसो एमालेबाट मन्त्री नियुक्त भएका सीता सुन्दास र वेदबहादुर गुरुङले प्रमुख प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र गुरुङले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।