पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १६ : १३
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला

काठमाडौँ ।  कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव भेटिएको छ । मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव गोताखोरले निकालेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

 

सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि नम्बर–२४ कालिका गणबाट परिचालित गोताखोरले शव निकालेको डीएसपी थापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस