काठमाडौँ । सत्ता गठबन्धन घटकका नेकपा एमाले र माओवादी केन्द्रका नेताले संसद्को विशेषाधिकारको अवहेलना गरेको भन्दै कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई कारबाहीको चेतावनी दिएका छन् ।
उनले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परेको अवस्थामा पनि विश्वासको मत लिन नपर्ने, राजीनामा पनि दिन नपर्ने राय दिएर गैरकानूनी बाटोमा हिँडाउन खोजेको ती दलका नेताको टिप्पणी छ ।
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सङ्कल्प प्रस्ताव पारित भइसकेको छ । महान्यायाधिवक्ता राय र टिप्पणीले प्रदेशसभाको विशेषाधिकार अवहेलना गरेको एमाले र माओवादीको ठहर छ । वैशाख ७ मा पारित सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्ग प्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सन्देश दिइएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा ८ महिनामा ९ सय ५० सवारी चालक कारबाहीमा, ९ लाख ९३ हजार राजस्व सङ्कलन
सुदूरपश्चिममा १० महिनामा ६३ हजार सवारी चालकलाई कारबाही, ४ करोड राजस्व सङ्कलन
लाइसेन्स नलिई ई–रिक्सा तथा टेम्पु चलाउनेमाथि कारबाही
राष्ट्र बैंकले ६ बैंकलाई गर्यो कारबाही
भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही
चितवन कांग्रेसद्वारा प्रशासनमार्फत् सभामुखको ध्यानाकर्षण, सहकारी ठग्नेलाई कारबाहीको माग