सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्न ओलीको निर्देशन

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १० : ५०
सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्न ओलीको निर्देशन

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने विषयमा हतार नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।वैशाख २१ वैशाखमा सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले तत्काल मत नदिने अडान लियो ।

पार्टीको यही अडानपछि शनिबार राति भेट्न आएका एमाले सुदूरपश्चिम प्रदशका सचेतसहितसँगको भेटमा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न निर्देशन दिएका हुन् ।ओलीसँग भेटका लागि शनिबार राति एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, प्रमुख सचेतक सुरेन्द्र पालसहितका नेता बालकोट पुगेका थिए ।

 

विश्वासको मत लिन समय बाँकी भए पनि पनि मुख्यमन्त्रीले हतार गरेपछि ओलीले एमाले प्रदेशको नेतृत्वलाई तत्काल हतार नगर्न निर्देशन हुन् ।

प्रतिक्रिया दिनुहोस