हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली

सफल खबर संवाददाता

शनिबार, २२ बैशाख २०८१, १३ : ४९
हेमन्तको ‘जाउँ साइँली बेनी बजार’मा प्रकाश र अन्जली

काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका छन् ।

रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतको भिडियो पनि बनेको छ ।  भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ । भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ ।

गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ । पुराना गायक तथा सङ्कलकहरूको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए ।

 

प्रतिक्रिया दिनुहोस