गायक प्रकाश सपुत फिल्म निर्देशन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ११ : ३७
गायक प्रकाश सपुत फिल्म निर्देशन गर्दै

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुत फिल्म निर्देशन गर्ने भएका छन् । उनले आफ्नो लेखन तथा निर्माण रहने गरेर एक फिल्मको तयारी गरेका छन् । जसमा निर्देशनको अलवा अभिनय समेत उनकै रहनेछ ।

फिल्मको लेखन सकेर अहिले कलाकार छनौटको चरणमा रहेको सपुतले बताए । आइतबारसम्म फिल्मको नाम र कलाकार फाइल हुने उने जानकारी दिए ।‘परदेशी–२’ बाट नेपाली फिल्म अभिनयमा प्रवेश गरेका सपुतले फिल्मका लागि टिजर समेत तयार पारिसकेका छन् । फिल्मको नायिकाको लागि अभिनेत्री स्वस्तिमा खड्का कुराकानी भैरहेको छ ।

स्वस्तिमा र प्रकाशले यसअघि एउटा गीतको भिडियोमा सहकार्य गरेका थिए । उनीहरू ठुलो पर्दामा पनि सहकार्य हुन सक्ने सम्भावना रहेको छ ।प्रकाशले केही अगाडि फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि साइन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस