६ जना मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ३४
६ जना मृत फेला

काठमाडौ । पछिल्लो २४ घण्टामा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार मोरङको सुन्दर हरैचा नगरपालिका-५ गोर्खाली टोल बस्ने ४५ वर्षीया मनमाया तामाङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाकै श्रीमान ५० वर्षीय पदम बहादुर तामाङले उनको हत्या गरी फरार भएको खुल्न आएपछि हाल फरार तामाङको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१ आदर्श मार्ग बस्ने संखुवासभा घर बताउने ६२ वर्षीया सिता तामाङ बस्दै आएको घरको भर्याीङमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

रौतहटको चन्द्रपुर नगरपालिका-२ फुलबारी नयाँबस्तीस्थित खोल्सामा सोही नगरपालिका-२ बस्ने ४० वर्षीय बिर्ज बहादुर बम्जन पनि बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ७७ वर्षीय याम बहादुर थापा आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

उदयपुर, त्रियुगा नगरपालिका-३ भुल्केमा ताप्ली गाउँपालिका-३ बस्ने ५७ वर्षीया दिल कुमारी मगर बिहीबार मृत अवस्थामा पेला परेकी छिन् । 

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ दोगहरास्थित बाटोको छेउमा अन्दाजी ३५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस