इलाम- २ अपडेट

एमालेका सुहाङलाई १००१ मतको अग्रता

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, २० : ५४
एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम । इलाम- २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्‍याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ चौथो स्थानमा छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् र उनले ७८४ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस