बझाङ उपनिर्वाचन : दुई वडाको मतगणना सकियो, कसको मत कति ?

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १६ : ३०
बझाङ उपनिर्वाचन : दुई वडाको मतगणना सकियो, कसको मत कति ?

बझाङ। बझाङ प्रदेश सभा १ मा भएको निर्वाचनअन्तर्गत दुई वडाको मतगणना सम्पन्न भएको छ ।जिल्लाको छबीसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणामअनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का किशोर खड्काको ९ मत प्राप्त गरेका छन् ।

२८ मत बदर भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस