इराकमा समलिंगी विवाह गरे १० देखि १५ वर्ष जेल

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, १० : ३०
इराकमा समलिंगी विवाह गरे १० देखि १५ वर्ष जेल

एजेन्सी । इराकको संसदले समलिंगी विवाहलाई अपराधको संज्ञा दिँदै विधेयक पास गरेको छ ।

नयाँ कानुनमा समलिंगी विवाह गरेमा  १० देखि १५ वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ । 

सो कानुनका समर्थकले नयाँ कानुनले देशको धार्मिक मूल्य मान्यतालाई बढाएको प्रतिक्रिया दिएका छन् । अधिकारकर्मीले भने यौन अल्पसंख्यकको  अधिकार हनन्मा इराकले अर्को ब्ल्याक मार्क रेकर्ड गराएको जनाएका छन् । 

सन् १९८० को दशकमा रहेको बेश्यावृत्तिविरुद्धको कानुनको संशोधनका लागि बनाइएको मस्यौदा विधेयकमा समलिंगी सम्बन्धमा मृत्युदण्ड दिनुपर्ने प्रस्ताव नै गरिएको थियो । यद्यपि, त्यसलाई अमेरिका र अन्य पश्चिमा मुलुकले विरोध गरेपछि हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस