क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, ०९ : ३९
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ। 

उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो।

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।