उदयपुर। उदयपुरको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।
आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख र छोरा रमेशको घरमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दमौलीमा मध्यराति भीषण आगलागी
भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
ललितपुर आगलागी घटनाका दुई जनाको अवस्था गम्भीर