एजेन्सी । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जियान जी नामका यी व्यक्ति करिब बीस वर्षअघि यहाँ विद्यार्थीका रूपमा आएका थिए।
जियानमाथि युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनमा संवेदनशील सूचना पठाएको आरोप छ।
जियानले दक्षिणपन्थी एएफडी पार्टीका राजनीतिज्ञ म्याक्सिमिलियन क्राउसको सहायकको रूपमा काम गर्दै आइरहेका थिए।
उनीमाथि जर्मनीमा रहेका चीन विरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई बुझाएको आरोप पनि लागेको छ । केही दिनअघि मात्रै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ बैशाख २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ
अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक पक्राउ