अर्घाखाँची। अर्घाखाँचीका विभिन्न स्थानमा शनिवार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् ।आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ। भैँसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा शनिवार भएको आगलागीमा २३ घरगोठ जलेका थिए ।नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।
उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन ।आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् ।
शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ बैशाख २०८१, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दमौलीमा मध्यराति भीषण आगलागी
भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
ललितपुर आगलागी घटनाका दुई जनाको अवस्था गम्भीर