काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्य नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आज सांसद नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शाक्यलाई चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शाक्य नेकपा एमालेको कोटाबाट राष्ट्रिय सभामा मनोनीत भएकी हुन् । इजरायलको लागि पूर्व नेपाली राजदूतसमेत रहेकी शाक्य गत वर्ष २ महिना राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिईन् । उनी एमालेको विदेश विभागकी सचिवसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभाको कार्यव्यवस्था बैठक सुरु
सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच छलफल
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला
राष्ट्रिय सभाको बैठक केहीबेरको लागि स्थगित
‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश
राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी