हुम्ला। हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ ।गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडी गोठमा बुधवार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए ।अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ ।भेडी गोठको आगलागीमा परेर ६० वटा भेडासमेत मरेका उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दमौलीमा मध्यराति भीषण आगलागी
भारतमा बसमा आगलागी हुँदा १० जनाको मृत्यु, २० जना घाइते
बागलुङको लाम्मेलामा आगलागी, दुई घर जले
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु, ९० व्यक्ति घाइते
दैलेखमा भीषण आगलागी, लाखौँको क्षति
ललितपुर आगलागी घटनाका दुई जनाको अवस्था गम्भीर