काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागु औषधसहित ७ जना पक्राउ परेका छन् ।बैतडीको दशरथचन्द नगरपालिका-८ झुलाघाटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने २२ वर्षीय विरेन्द्र रावललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका-८ बसपार्कस्थित होटलबाट अवैध लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ सय ५८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ पकली बस्ने १९ वर्षीय सनवाज महमदलाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण बहादुर वली रहेका छन् ।
प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ चैत्र २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ
अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक पक्राउ