काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिने आफू पहिलो प्रधानमन्त्री बनेको बताएका छन् । गोरखा दरबारको क्रिष्टल क्वार्ज प्रतिस्थापनपछि बोल्दै उनले अहिले आफू नयाँ ढंगले सुशासन प्रत्याभूति गराउँदै आमनेपालीहरुलाई सामाजिक न्याय दिने, समृद्धिको यात्रा सुरु गर्ने प्रक्रियामा अघि बढेको बताए ।
उनले भने, ‘यहाँहरुलाई थाहा छ, मैले गोरखा जिल्लाको जनप्रतिनिधिको रुपमा तेस्रो पटक देशको प्रधानमन्त्रीको जिम्मेवारीसहित तेस्रो पटक विश्वासको मत लिने झण्डै चौध महिनाको अन्तरालमा पहिलो प्रधानमन्त्री भए जस्तो लाग्छ ।’
उनले आफू गोरखाको ऐतिहासिकतालाई पनि अगाडि बढाउन केन्द्रित रहेको बताए । बुढीगण्डकी जलविद्युत आयोजना, गोरखकाली रबर उद्योग, विमानस्थललगायत विकास निर्माणमा आफ्नो विशेष ध्यान प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड