काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको दाबी गरेका छन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । संसदमा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताएका हुन् ।
“सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने सङ्कल्प अनुरूप विभिन्न सेवा प्रवाहका प्रणालीहरूबिच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटर लगायतका सेवा लिन सहज भएको छ,” प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “संसदमा व्यक्त प्रतिबद्धता अनुरूप रासायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड