काठमाडौं। काठमाडौंको कपनबाट पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ घर भई हाल काठमाडौं महानगरपालिका ६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु छन् ।
उनको साथबाट कटुवा पेस्तोल १ थान, धारिलो चक्कु २ थान, फलामको हम्बर १ थान र आई फोनसहित २ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कपन क्षेत्रमा हतियारसहित लिम्बूले गुण्डागर्दी गरिरहेको सूचना आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरूको खोजतलास कार्यलाई तीव्रता दिएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ
अवैध रूपमा अमेरिका जान लागेका १० नेपाली केन्यामा बन्धक, गिरोहका तीन सदस्य पक्राउ
पोखरामा ‘मुख्यमन्त्रीको पिए’ हुँ भनेर ठग्ने युवक पक्राउ