बारा । जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको छ ।
बाराको देवताल गाउँपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नम्बर २ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
यस्तै बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोद प्रसाद यादव पक्राउ परेका छन् ।उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
अमेरिका पठाउछु भन्दै करोडौँ ठगेर केन्यामा नेपाली बन्धक बनाउने मुख्य आरोपी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ
सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ