काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादी शक्तिहरुले धेरै पटक घेरा हालेर सिध्याउने प्रयास गरे पनि नसकेको बताएका छन् ।‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए ।
उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री प्रचण्ड
स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड
विषयगत ज्ञान भएका व्यक्ति मन्त्री हुँदा काम गर्न सजिलो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार बेलुकासम्म सहमति जुट्नेमा विश्वस्त छु : प्रधानमन्त्री प्रचण्ड
लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड