नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, १४ : १८
नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ।  काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको हो । 

 

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। आरिफ ३१ रनमा आउट भए ।

 

अनिल साहले २३ रन बनाए । गुल्शन झा २६ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए ।कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।नामिबियाका बेन सिकाङंगोले तीन विकेट लिए । यस्तै, ज्याक ब्रमसेलले दुई विकेट लिए । 

प्रतिक्रिया दिनुहोस