काठमाडौं। भारत र दक्षिण अफ्रिकाको विरोधका कारण चीनको नेतृत्वमा तयार भएको लगानी सम्झौताको प्रस्ताव डब्लुटीओको मन्त्रीस्तरीय सम्मेलनमा छलफल नहुने भएको छ । चीनले विश्वका १२३ देशलाई समेटेर लगानी विकाशका लागि सहजीकरण (आईएफडी) नाममा सम्झौता प्रस्ताव तयार गरेको थियो ।
तर बुधबार भारत र दक्षिण अफ्रिकाले डब्ल्यूटीओ फोरममा यो प्रस्ताव व्यापारसँग नभई लगानीसँग सम्बन्धित रहेको भन्दै विरोध गरेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कुनै पनि देशले प्रस्तावको विरोध गरेपछि एमसीमा अन्तिम निर्णय हुन सक्दैन ।चीनको नेतृत्वमा तयार पारिएको प्रस्तावको भारतले पहिलेदेखि नै विरोध गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा चौथो चरणको मतदान आज
डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउँदै
भारतमा तेस्रो चरणको निर्वाचन आज, मोदीले गरे मतदान
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न आए २३ देशका प्रतिनिधि
भारतका प्रधानन्यायाधीश धनञ्जय चन्द्राच्युडले गरे पशुपतिनाथको दर्शन
भारतीय लोक सभा निर्वाचन सुरक्षाबारे नेपाल र भारतका अधिकारीहरूबीच छलफल