काठमाडौं । अनेरास्ववियुका नेता कमल जोशीलाई अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स कलेज (अस्कल) मा आयोजित कार्यक्रम सकेर निस्केका जोशीमाथि आक्रमण भएको हो ।
क्याम्पस अगाडि सडकमा जोशीलाई एउटा समूहले आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले रातोपाटीलाई बताए । उनले भने–‘आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएका छौँ ।
आक्रमणबाट जोशीको टाउकोमा चोट लागेको छ । अखिलको स्थायी समिति सदस्य जोशी यसअघि अस्कल क्याम्पसको स्ववियु सभापतिमा चुनाव लडेका हुन् । अनेरास्ववियुका अधिकारीहरूले अखिल जोशीमाथि अखिल (क्रान्तिकारी)ले आक्रमण गरेको आरोप लगाएका छन् ।
आक्रमणकारीले उनलाई इट्टा र रड प्रहार गरेका हुन् । घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
अफगानिस्तानको मस्जिदमा आक्रमण अपडेटः सुरक्षाका लागि भक्तजनको अपिल
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते
दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते