यति विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण

सफल खबर संवाददाता

सोमबार, ०१ माघ २०८०, १९ : ३५
यति विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण

काठमाडौँ। पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले स्मृति स्तम्भ बनाएको छ । अघिल्लो वर्ष माघ १ गते दुर्घटना भएको थियो ।

सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्य र जिल्ला प्रशासन कार्यालय प्रमुख वासुदेव घिमिरेले उक्त स्तम्भको संयुक्त अनावरण गरेका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले १० लाख रुपैयाँ खर्चेर उक्त स्मृति पार्क बनाएको हो । स्तम्भमा मृतक सबैको नाम र ठेगाना कुँदिएको छ ।

गत वर्ष आजकै दिन काठमाडौँबाट पोखराका लागि उडेको यति एअरलाइन्सको विमान पोखरा सेती किनारमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा विमानमा चालक दलका ४ सहित सवार सबैको ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस